अनुराग बिडारी & अनुरुप बिडारी, कक्षा-९ धौलागिरी
प्रकृति
प्रकृति त्यो शब्दले बनेको हो जहाँ सबै कुरा अटाउँछ |
उसले नै यो संसारको आयु घटाउँछ र बढाउँछ ||
ठुलो शरिर यसको कालो अन्तरिक्ष |
र एउटा यसको सासमा पृथ्वीको सारा र वृक्ष ||
प्रकृतिको हरेक चिजले बनेको छ यो ब्रह्माणं सारा |
चाहे त्यो जमाउने जाडो होस् या तातो साहारा ||
हाम्रो मानिसको आयु धेरैमा सयवर्ष |
प्रकृति आफैमा अमर छ काल यसको अनन्त ||
स्वर्ग एउटा तथ्य हो तर प्रकृति एउटा सत्य हो |
कहिले सकिँदैन त्यस्तो यसको रहस्य हो ||
कलियुगको कारणले होला सुस्त भएछ क्यारे प्रकृति |
मन लागे बर्षा गरिदिन्छ नत्र पारिदिन्छ खडेरी ||
सरकारी कार्यालय भएछ क्यारे प्रकृति |
ऋतुहरु पालो कुर्छन् अलमल्ल पार्छ त्यसरी ||
तर होइन यसको बग्ने नसाहरू प्रदूषित भयो होला |
त्यसकारणले यसको व्यवहारमा परिवर्तन आयो होला ||
म प्रकृतिको सुस्वास्थ्यको कामना गर्छु |
तर यो कलियुगको प्रगतिमा पनि हात दिन्छु ||
केही वृक्ष रोपी तिमलाई सास उपहार दिन्छु |
जुगा जस्तै रहेर म तिम्रै समिप रहीरहन्छु ||
wow
ReplyDelete