नाम : सँगीत अछामी
कक्षा:१० धौलागिरी
परदेशी को जीवन
धेरै नभए पनि थोरै पैसा कमाउँछु म ।
आफ्नो हाँसो मरे पनि परिवारको हाँसोमा रमाउँछु म।
पसिना र आशुले भिजेको सिरानीमा सपना मिठो सजाउँछु म।
जीवन परदेश मै कट्ने होकी कतै भनी डराउँछु म।
बिहान देखि रातिसम्म काममा जान्छु म।
एक छाक मात्र भएनि मिठो मानी खान्छु म।
आफू मरेर पनि परिवार र देश खुसी पार्छु म।
विस्वास छ मलाई आफै माथि आफ्नो जीवन शैली माथि सार्छु म।
साथी भाइ भन्छन् बिर्सी सकिस मलाई।
तर परदेशमा कति गाह्रो हुन्छ के था र त्यसलाई।
न त कोही आफ्नो हुँदो रहेछन् सबै जना पराई।
स्थिति र परिस्थितिको कर सहित बसेको छू मित्र हुन्छ भनेर परिवारको भलाइ।
रुँदै होलान् घरमा मेरा प्यारा छोरा र छोरी।
याद आउँछ साथीसँग खेलेका ती मीठा दोहोरी।
यता मेरो निदार खाली त उता आमा को हात।
कति काटे कति सम्झदै घरलाई हजारौं रात।
साइरा उपाध्याय, कक्षा नौं, धौलागिरी
ठक्करबाट बदलिएको
जीवन
संसारको पानीले रुझेको तिमी
कहिल्यै पनि दुख नमान
फक्रिने छौं एकदिन तिमी
त्यसैले तिमी धेर्य राख ।
चम्किला तारा झैं छौं तिमी
आफूलाई कहिले कम नठान
सधैं तिम्रा पछि छौ हामी
कहिल्यै पनि आफूलाई सानो नमान ।।
आकासमा रहेका तारा झैं सपना
उदाउन विहानको घाम झैं चम्किला
विजयको शिखर छ ठूलो चढ्न
त्यसैले हारको अगाडि नहारन ।।
Nepali poems are the best and this is related to those people who went to outer country to earn money
ReplyDeleteThank you sir for your support ❤️
ReplyDeleteNice poem sangit❤️❤️
ReplyDeleteThis comment has been removed by the author.
ReplyDeleteसंगीत अनि साइरा ,बाबू नानी हरु धेरै राम्रो कबिता यसरी नै आगामी दिनहरुमा अझ राम्रो लेख्दै जानू धेरै धेरै शुभकामना
ReplyDelete