बालजागृति बालसाहित्य क्लब








- अन्जल रसाइली, कक्षा-९, धौलागिरी

मेरो देश

कति राम्रो नेपाल, झरना खोला छ मेरो
घुम्न जान पाऊम, मेरै पाखा पखेरो।
हाम्रो राम्रा ठाँउमा, छन वन विशाल
केमा छर कमी यो, मेरो देश नेपाल।

कसैसँग झुक्दैन, गोर्खालीको छोरो पो
बग्छ रातो रगत, नेपाल कै नाम को।
धेरै धेरै माया छ, मलाई आफ्नो देशको
थरी थरी जात र, भाषा अनि भेषको।

हाम्रो आफ्नै मान छ, हिमालकाे सान छ
बुद्ध अनि भानुको, हाम्लाई राम्रो ज्ञान छ।
हामी बाच्छौ मिलेर, छैन कोहि पराई
नेपालकै नाममा, बस्छौं छाति फूलाई।
        
धन्यवाद

Comments

Post a Comment