साम्भवी सुवेदी, कक्षा-६
गौरवशाली देश नेपाल
हिमालझैँ उच्च शिर, पहाडझैँ दरीलो छती अनि तराईझैँ फराकिलो काख लाई समेटेर बनेको मेरो देश नेपाल साच्चै महान छ। जति प्रसंशा गरेपनि बयान गर्न नसकिने नेपालको सुन्दरतालाई यहाँको प्राकृतिक छठाहरूले सुनमाथि सुगन्ध थपिदने काम गर्दछ। हिराझैँ टल्किने हिमाल, हरियो पहाड र सुनझैँ चमक भएको तराइको भुमि नै नेपालको पहिचान हो।
राताे लालीगुराँस , वनवनै डुल्ने डाँफे , पङ्ख फिजारेर नाच्ने मयुर , र आफ्नै वास्ना खोज्न वनैवन चार्ने कस्तुरी, यिनले नेपाललाई अझै मनमोहक बनाएका छन् । साच्चै मेरो देश झपक्क श्रृङगार गरेर बसेकी नव दुलही भन्दा कम सुन्दर छैन ।
वीर पुर्खाको रगत सिंचेर कोरिएको मेरो देशको नक्सा, पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म फैलिएको छ। तिन करोड नेपालीको साझा आगन हो मेरो देश। यस ४ जात ३६ वर्णको फुलबारि मा कोहि पराइ छैनन् । विविधतामा एकता भएको मेरो देशमा 'अतिथि देवो भव', `जीउँदाको जन्ती, मर्दाको मलामी´ जस्ता पवित्र भाव भएका दाजुभाइ बस्छन् ।
मदिर, मस्जिद, गुम्बा र चर्च, यी सबै एउटै माटो माथि उभिएर भाइचाराको उत्कृष्ट उदाहरण दिन्छ मेरो देशले। हरेक धर्म र जात, अनि तिनका आफ्नै चाडपर्व यी सबैको संस्कृति रूप हो नेपाल ।
सगरमाथाझैँ अटल भएर संसारमा चिनिने मेरो देश मलाई निकै प्यारो छ । मेरो देश मेरो पहियचान र गौरव हो ।
Comments
Post a Comment