-स्वीकृति बिडारी
सङ्घर्षले शिखरको साँगर भेटिन्छ,
परिश्रमले जिन्दगीको रहर भेटिन्छ,
सफलताको यात्रामा सधै काडै काँडा भएपनि
प्रतिक्षाले प्रयासको अवसर भेटिन्छ ।
2
धेरै चले पाइलाहरू तर शिखरमा टेकिएन
धेरै सहे पीडाहरू तर सुखको ताप सेकिएन
मेरो जीवन प्रयासमै मात्र सीमित भएपनि
धेरै खटे जिन्दगीमा तर सङ्घर्ष देखिएन
3
सिमा छैन विलासको के गर्नु कोहिनूर भएपनि
ओत्न झुपडी आनन्दको के गर्नु सम्पत्ति भएपनि
स्वर्गसरी जिवन छ त्यसैमा सन्तुष्ट हुन्छु म
मित्र छैन मिजासको के गर्नु धनवान भएपनि
4
समयसँगै भयपनि अथाह संस्कृति बचाउन सकुँ
असिमित यात्रा भयपनि अनेकतामा एकता देखाउन सकुँ
हिंसा , अन्याय अत्याचारको अन्त्य गरि
शान्ति भाइचारा र सद्भावले देश सजाउन सकुँ
Comments
Post a Comment