मुक्तक
→ सुबिज्ञा सुवेदी, कक्षा नौं, धौलागिरी
जिन्दगीले मलाई आगोको त्यो ज्वालामा हिड्न सिकायो
सुख,दुख दुवैमा नहारीकन भिड्न सिकायो
अमृत र विष दुवै घुल्ने रैछ जिन्दगीमा
बोधिसत्तव रोपेर त्यो विषवृक्ष गिड्न सिकायो ।।
जातिय विभेद
→ सास्वत अग्रवाल, कक्षा दश, धौलागिरी
जस्तो हुन्छ फुलबारीमा सयौं थरी फूल
सुन्दरतामा बाधा पर्छ टिपी गरे भूल ।
नेपाल पनि फूलबारी हो नेपाली हुन् फूल
सयौं थरी जातजातीका आफ्नै मानी मूल ।।
तर मान्छे गर्न थाले जातजातीमा तर्क
विशाल यो फूलबारीलाई बनाउन नर्क ।
कमजोरलाई हेप्छन् मान्छे सानो जात भनि
मानवताको साथ नाच्छन् शोषण गर्दा पनि ।।
तर मान्छे एउटै हुन गर्न हुन्न भनि
देश खण्ड हुन सक्छ, हुन सक्छ छिन्न ।
बुझ्नुपर्छ हामीले सबको रगत हुन्छ रातो
तोडी यस विकृतिलाई फेरौं देशको पाटो ।।
Comments
Post a Comment