बालजागृति बालसाहित्य क्लब

 













सिर्जेश ढुंगेल, कक्षा-९, धौलागिरी

सामाजिक मेलमिलाप

जाँड रक्सी गाँजा सुर्ती यिनै खास चिज

राम्रो समाज बनाउन गरौं यिनको सिज

जाँड रक्सी मुक्त समाज बन्छ हाम्रो जब

समाजमा मेलमिलाप राम्रो हुन्छ तब।


को छ यहाँ सानो ठुलो दुख्दा झर्छ आँसु 

मिली जुली बसौं हामी एकै हाड मासु

किन राम्रो ठान्छौ तिमी बोतलको पानी 

राम्रो ठान त्यो भन्दा आफ्नै घरको रानी।


सासुले नि बुहारी हो छोरी जस्तै ठानौ

बुहारीले सासुलाई आमा जस्तै मानौ

मिलीजुली काम गरे राम्रो हुन्छ घर

राम्रो काम सुरु गरौ घरैबाट तर।


हामी राम्रो भयौं भने घर राम्रो हुन्छ

मन राम्रो भयो भने सबै राम्रो हुन्छ

एक अर्काको कुरा हामीले बुझ्यौ भने भन

कहाँ हुन्छ द्वन्द यहाँ माझे पछि मन।


बिहानीको उषासँगै हिमाल हाँसे सरी

मिठो बोली राम्रो वचन गरौ सधै भरी

झगडाको मुख्य जड घमन्ड हो ठान

घमण्डलाई झिकी फाले मिल्छ तिमीलाई मान



 कोरोना 

कोरोना को माहामारी बिश्वो भरी छायो 
आज हाम्रो सहरमा काल बनी आयो
मान्छे सित डर्नु पर्ने बस्नु पर्छ पर
हत धुनु राम्रो सँग आफ्नै पर्नु भर।

समाउछ घाँटी आनि खोकी जरो पनि
जोगिन्छौ है यस बाट सफा गरे बानी 
रुगा खोकी जस्तो हुने देख्दा रुप रङ 
खय्याल खय्यल लैमा ज्यान लिन्छ परे सरा दङ्ग ।

नत पत्ता लगेको छ ओखती नै यस्को
सरा संसार आतंकीत भो दुर्गति भो देश्को
ननिश्कौ है चोक बजार घरमै बस्दा राम्रो
हेलचेक्राई गरौँ भने ज्यानै लिन्छ हाम्रो।

हरेस नि खानु हुन्न नआत्तीनु कति 
स्वस्थ राम्रो ख्यल गरौँ हुन्न कुनै खती
रोग प्रती रक्षा शक्ति राम्रो पार्न लाई
गेडा गुडि प्रोटिन युक्त राम्रो खाना खाई ।


Comments

Post a Comment